विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इदको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
सोमबार बकर इदको अवसरमा कार्कीले स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमहरूमा सुख, शान्ति तथा समृद्धि र सुस्वास्थ्यको लागि शुभकामना व्यक्त गर्नुभएको हो।
मुख्यमन्त्री कार्कीले बहु पहिचान, बहुधार्मिक, सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच सुदृढ एकता रहेको कोशी प्रदेशमा बकर ईदले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवर्द्धन सक्ने विश्वास व्यक्त गर्नुभयो।
बकर ईद इस्लाम समुदायको सबैभन्दा महत्त्वपूर्ण र विश्वभरका मुस्लिमहरूले मनाउने इस्लामिक चाड भएकाले यो पर्वले कोशी प्रदेश मात्रै नभएर देशभर एवं विदेशमा समेत मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने कार्कीले बताउनु भयो।
उहाँले भन्नुभएको छ, ‘बहु पहिचान, बहुधार्मिक, सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच सुदृढ एकता रहेको कोशी प्रदेशमा बकर ईदले हामीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवर्द्धन सक्ने विश्वास लिएको छु । यो पर्वले कोशी प्रदेश मात्रै नभएर देशभर एवम् विदेशमा समेत मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने छ ।’
भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएको बताउँदै उहाँले विविधता भित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान पुर्याउने बताउनु भयो।







प्रतिक्रिया