अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बुझायो लिम्चुङबुङ गाउँपालिकामा ११ बुँदे ध्यानाकर्षण पत्र

एमालेले बुझायो लिम्चुङबुङ गाउँपालिकामा ११ बुँदे ध्यानाकर्षण पत्र


उदयपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) लिम्चुङबुङ गाउँपालिका कमिटीले लिम्चुङबुङ गाउँपालिकाको कार्यालयमा ११ बुँदे ध्यानाकर्षण पत्र सहित ज्ञापन पत्र बुझाएको छ।

स्थानीय सरकारको रुपमा रहेको गाउँपालिकालाई सेवा प्रवाह र सुशासनको विषयमा ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो।
एमाले लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर राईको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र गुरुङलाई आर्थिक वर्ष २०७९/०८० को महालेखा परिक्षकको प्रतिवेदनले उल्लेख गरेका विषयहरुमा पालिकाको तर्फबाट प्रष्ट पार्न ज्ञापन पत्र बुझाएको एमाले लिम्चुङबुङले जनाएको छ।

एमालेले मलेप प्रतिवेदनमा उल्लेख भएको सैद्धान्तिक बेरुजुको बारेमा गाउँपालिकाको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको छ।

ज्ञापनपत्रमा लेखा परीक्षण प्रतिवेदनमा उल्लेखित निम्न शिर्षकहरुमा अत्याधिक खर्चहरु भएकोले नेकपा एमाले लिम्चुङबुङ गाउँपालिका कमिटिको गम्भीर ध्यानकार्षण सहित यो ज्ञापन पत्र मार्फत सबै खर्चहरुको पारदर्शिता, जवाफदेहिताका साथ सार्वजनिकिरण गर्न गराउन जोडदार माग गरिएको छ।