अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन


मोरङ-मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ। गच्छदारको सोमबार दिउँसो निधन भएको नेपाली कांग्रेसले जानकारी दिएको छ। 

२०७९ सालको स्थानीय तहमा उहाँ नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित हुनुभएको थियो। ५६ वर्षका गच्छदार राष्ट्रिय सभाको चुनावको अघिल्लो दिन (माघ १० गते) इस्टर्न स्टार होटलमा लड्नु भएको थियो। सोही दिनदेखि उहाँ अचेत अवस्थामा हुनुहुन्थ्यो।

मृतक गच्छदारको मंगलबार अन्त्येष्टि गरिने कांग्रेसले बताएको छ।