अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेश: ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी

कर्णाली प्रदेश: ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी


सुर्खेत-कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा रु दुई अर्ब ८६ करोड १० लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ। प्रदेश सरकार स्थापनाको पाँच वर्ष र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म गरी सो आम्दानी गरेको पाइएको छ।

आर्थिक वर्ष २०७९/८० सम्मको आन्तरिक राजस्व सङ्कलन रु.दुई अर्ब २४ करोड १३ लाख ६३ हजार भएको छ। यो कूल राजस्व लक्ष्यको ९४.८ प्रतिशत रहेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रदेशको आन्तरिक राजस्व सङ्कलन जेठ मसान्तसम्म रु ६१ करोड ९७ लाख अर्थात् लक्ष्यको तुलनामा ७४.१० प्रतिशत रहेको छ। आन्तरिक आम्दानीतर्फ कमजोर रहेको कर्णाली प्रदेश सरकारको विगत ६ वर्षको कूल बजेट भने रु एक खर्ब ६६ अर्ब ५६ करोड रहेको छ।

बजेटको संरचना हेर्दा चालुतर्फ ३७।४६ प्रतिशत र पुँजीगततर्फ ६२।५४ प्रतिशत विनियोजन भएको आर्थिक मामिलामन्त्री केसीले बताउनुभयो। विनियोजनको चालुतर्फ ६२।७१ प्रतिशत र पुँजीगततर्फ ५५।०१ प्रतिशत खर्च भई समग्रमा ५७।९० प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्ष सकिन अब एक महिना मात्रै बाँकी रहँदा सरकारको बजेट कार्यान्वनयको अवस्थासमेत कमजोर देखिएको छ।

संसद्मा आगामी वर्षको बजेट पेस गर्दै मन्त्री केसीले आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्मको खर्च चालुतर्फ ४९.३८ प्रतिशत र पुँजीगततर्फ २९.८७ प्रतिशत खर्च भई समग्रमा ३७।९३ प्रतिशत खर्च भएको बताउनुभयो। आर्थिक वर्ष २०७५र७६ देखि आव २०७९/८० सम्मको अवधिमा सङ्घीय सरकारबाट प्राप्त बजेटमा ससर्त, समपुरक र विशेष अनुदानमा कूल रु २७ अर्ब ५२ करोड प्राप्त भएकामा सो आर्थिक वर्षभित्र खर्च नसकी रु सात अर्ब ७८ करोड सङ्घीय सञ्चित कोषमा फिर्ता भएको छ।