अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु


सुर्खेत-सुर्खेतमा इनार सफा गर्नेक्रममा दुई जनाको मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा तोरण विकको घर आँगनमा इनार सफा गर्नेक्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

मृत्यु हुनेमा वीरेन्द्रनगर ११ पिपिराका ३२ वर्षीय विद्याप्रसाद रेग्मी र सोही ठाउँका ३१ वर्षीया लक्ष्मी कँडेल रहेको जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो।

उनीहरू आज दिउँसो सोही ठाउँका तोरण विकको इनार सफा गर्न गएका थिए । सफा गर्दा अक्सिजनको अभाव हुँदा बेहोस भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता विश्वकर्माले बताउनु भयो।