अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशलाई ऋण भुक्तानीमा समस्या परेको छ : प्रधानमन्त्री

देशलाई ऋण भुक्तानीमा समस्या परेको छ : प्रधानमन्त्री

चेतन अधिकारी
46
Shares

काठमाडौं – प्रधानमन्त्री प्रचण्डले नेपाललाई ऋणको भुक्तानी गर्नसमेत स्रोतको समस्या रहेको बताउनुभएको छ ।

नेपाललाई आफ्नो विकास आवश्यकता पूरा गर्न ठूलो स्रोतको समस्या रहेको उहाँको भनाइ छ । ‘हामीलाई आन्तरिक स्रोत पर्याप्त छैन, त्यसो हुँदा हामीलाई बाहिरको सहुलियतपूर्ण स्रोतको ठूलो आवश्यकता छ,’ काठमाडौँमा मंगलबार सुरु भएको विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघको परिपुरण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह गर्नुभएको छ ।

विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्नुपर्ने उनको उहाँको भनाइ छ ।