अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर


काठमाडौँ-स्थानीय बजारमा चाँदीको मूल्य आज सामान्य वृद्धि भएको छ भने सुनको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। सोमबार प्रतितोला रु एक हजार आठ सयमा कारोबार भएको चाँदी आज रु १५ ले बढेर रु एक हजार आठ सय १५ मा कायम भएको छ।

महासङ्घका अनुसार छापावाल सुनको मूल्य मङ्गलबारका लागि प्रतितोला रु.एक लाख ४२ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४१ हजार पाँच सय कायम छ।