अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सल्यानको दशवटै पालिका अधिवेशन सम्पन्न

एमाले सल्यानको दशवटै पालिका अधिवेशन सम्पन्न


सल्यान-नेकपा एमाले सल्यानको १० वटै गाउँपालिका कमिटीले अधिवेशन सम्पन्न भएको छ। निर्धारित समयमै पालिका अधिवेशनहरु सम्पन्न भएको लगत्तै अब वडाहरुको अधिवेशनमा पार्टी केन्द्रीत हुने एमाले सल्यानका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिनुभयो।

पालिका अधिवेशनबाट एमाले कपुरकोट गाउँपालिकाको अध्यक्षमा मधुसूदन गिरी, उपाध्यक्षमा ईश्वर बुढा, सचिवमा रुपक बुढा तथा उपसचिवमा कुबेर केसी र बेलमती बुढा चयन हुनुभएको छ।

छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा ज्ञानबहादुर खड्का, उपाध्यक्षमा डुमबहादुर खत्री, सचिवमा ईश्वरी बस्नेत र उपसचिवमा शेरबहादुर राना, बसन्ता जिसी चयन हुनुभएको छ भने कालिमाटी गाउँपालिकाको अध्यक्षमा केशर बुढा, उपाध्यक्षमा बेलबहादुर चन्द, सचिवमा दिलिप रावत, उपसचिवमा टोप बहादुर कार्की र दिपा वली निर्वाचित भएको एमाले सल्यानले जनाएको छ।

यस्तै, त्रिवेणी गाउँपालिका कमिटीको अध्यक्षमा डिल्ली खड्का, उपाध्यक्षमा हस्तबहादुर रामजा, सचिवमा तेजबहादुर घर्ती तथा उपसचिवमा लुटबहादुर थापा र शारदा सुनार चयन भएका हुनुभएको छ भने कुमाख गाउँपालिकाको अध्यक्षमा रेमन्त शर्मा, उपाध्यक्षमा शेरबहादुर चन्द, सचिवमा मित्रप्रसाद शर्मा, उपसचिवमा लक्ष्मणसिंह राठौर र नारायणी खत्री निर्वाचित भएको एमाले सल्यानका उपसचिव गणेशमान सिंहले जानकारी दिनुभयो।

एमाले दार्मा गाउँपालिका कमिटीको अध्यक्षमा दीपक रोकाय, उपाध्यक्षमा यज्ञबहादुर चन्द, सचिवमा खगेन्द्र केसी, उपसचिवमा टीका बस्नेत थापा र केशव वली तथा सिद्धकुमाख गाउँपालिकाको अध्यक्षमा टोपबहादुर बुढाथोकी, उपाध्यक्षमा देवेन्द्र रोका, सचिवमा भीमबहादुर चलाउने, उपसचिवमा कैलाश चलाउने र मालती कँडेल निर्वाचित हुनुभएको छ।

यस्तै, शारदा नगर कमिटीको अध्यक्षमा महेश देवकोटा, उपाध्यक्षमा रामबहादुर भण्डारी, सचिवमा विनोद चलाउने, उपसचिवमा ढकलाल रावल र लक्ष्मी बुढाथोकी, बनगाड कुपिण्डे नगर कमिटिको अध्यक्षमा राजन शाह, उपाध्यक्षमा मोतिलाल पुन, सचिवमा धनबहादुर सुनुवार, उपसचिवमा जुक्तीप्रसाद घर्ती र कमला बस्नेत चयन हुनुभएको छ भने बागचौर नगर कमिटी अध्यक्षमा जनक विक, उपाध्यक्षमा शोभाराम बस्नेत, सचिवमा देवबहादुर डांगी तथा उपसचिवमा शालिजराम बोहरा र गंगा बस्नेत निर्वाचित हुनुभएको छ।

नागरिकको भरोसाको पार्टी एमालेलाई अझै मजबुत, चलायमान र सुदृढ गर्नका लागि पार्टी गतिविधिलाई सक्रिय बनाइएको एमाले सल्यानका उपाध्यक्ष ओजबहादुर बुढाथोकीले जनाउनुभयो। पार्टीले विभन्न विभाग प्रमुखहरु तोकेको र आगामी एक वर्षे कार्ययोजना निर्माण गरेको पनि एमाले सल्यानले जनाएको छ।

जिल्लाको पार्टी स्कुल विभागमा भीमबहादुर सेन, संगठन विभाग एवं जनवर्गीय संगठन विभाग प्रमुखमा ओजबहादुर बुढाथोकी, वित्त तथा कोष विभाग प्रमुखमा पुष्पाकुमारी बोहरा, प्रचार तथा प्रकाशन विभागमा गणेशमान सिंह, स्थानीय विकास विभागमा सनसिल्ता वली डिसी, सहकारी तथा गरिबी निवारण विभागमा किशोर हमाललाई जिम्मेवारी तोकिएको छ।

जिल्ला कमिटी उपसचिव गणेशमान सिंहका अनुसार हालै सम्पन्न जिल्ला कमिटी पदाधिकारी बैठकले विभागहरुको जिम्मेवारी तोक्दै एक वर्षीय कार्ययिजना पनि तय गरेको हो।

जसअनुसार यही असार महिना सम्ममा वडा अधिवेशन गरिसक्ने, साउन र भदौमा जनवर्गीय संगठनहरुको भेला/सम्मेलन गर्ने, असोजमा जिल्ला स्तरीय प्रशिक्षण सञ्चालन गर्नेलगायतका कार्ययोजना तय गरिएको छ । अबको केही समयभित्रै जिल्ला कमिटीको दोस्रो बैठक बसेर आवश्यक निर्णय लिने एमाले सल्यानले जनाएको छ।