अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराष्ट्रपति भण्डारीकाे पार्टी सदस्यता नवीकरण भएकाे छैन: एमाले

पूर्वराष्ट्रपति भण्डारीकाे पार्टी सदस्यता नवीकरण भएकाे छैन: एमाले


काठमाडौँ-नेकपा एमालेको संगठन विभागले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण नगरेको स्पष्ट गरेको छ।

पूर्वराष्ट्रपति भण्डारीकाे पार्टी सदस्यता नवीकरण नै नगरेको एमाले संगठन विभागका सचिव माधव ढुंगेलले बताउनु भयो।

ढुंगलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता र पार्टी सदस्यको नवीकरणको विषयलाई लिएर मिडियाबाजी नगर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘विद्या भण्डारी नेकपा एमाले नेत्री भएर नै राष्ट्रपति बन्नु भएको हो। पदीय जिम्मेवारीले अलग रहनु पर्‍यो उहाँ अलग हुनुभयो। राष्ट्रपति भएर राष्ट्रियता र लोकतन्त्रको संरक्षकको रुपमा उहाँले निभाउनु भएको भूमिका नेपाली जनताका माझ घाम जत्तिकै छर्लंग छ।’

ढुंगलले सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘उहाँ अब कसैको भाग खोस्न या बेथिति निम्त्याउन सक्रिय राजनीतिक जीवनमा फर्कनु हुन्न तर आवश्यकताले माग गर्‍यो भने इन्कार गर्नु हुन्न भन्ने विश्वास चाहिं हामीलाई छ।’

भण्डारीसँग नेकपा एमालेको स्थायी अविभावक हुने अधिकार रहेको उहाँले बताउनु भयो । नेता ढुंगेलले भन्नुभयो, ‘पूर्वराष्ट्रपति भएकाले बोल्न, हिँड्न र राजनीतिक सक्रियता गर्नै हुन्न भन्ने भाष्य निर्माण गर्नु उपयुक्त होइन।’