अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माछापुच्छ्रे बैकंद्वारा पोखरामा सञ्चालित गौशालालाई १० लाख रुपैयाँ सहयोग

माछापुच्छ्रे बैकंद्वारा पोखरामा सञ्चालित गौशालालाई १० लाख रुपैयाँ सहयोग


पोखरा-पोखरा-१४, बाच्छिवुडुवा (वात्सायन क्षेत्र)मा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम (गौशाला)लाई माछापुच्छ्रे बैकंले रु. १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गरेको हो।

राष्ट्रिय परोपकार महासंघले सञ्चालनमा ल्याएको सो धामले केही समययता सडकमा छाडिएका छाडा चौपायको पालन तथा व्यवस्थापन गर्दै आइरहेको छ। सडकमा छोडिएका पशुचौपायहरूलाई व्यवस्थापन गरी पालनपोषण गर्ने कार्य सह्रानीय भएकाले बैंकले सहयोग गरेको निर्देशक रोशन केसीले जानकारी दिनुभयो।

गौशालालाई सहयोग उपलब्ध गर्न पाउनु गर्वको विषय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताउनु भयो। पूर्वसांसद, उद्योगपति तथा समाजसेवी स्वर्गीय सूर्यबहादुर केसीको सक्रियतामा पोखरामै माछापुच्छे« बैंकको स्थापना भएको हो।

सहयोग ग्रहण गर्दै राष्ट्रिय परोपकार महासङ्घका संस्थापक एवं गोकुलधामका परिकल्पनाकार पण्डित कमलनयन गौतमले गोकुलधामलाई पोखराको नयाँ पर्यटकीय गन्तव्य बनाउने उद्घोष गर्नुभयो। उहाँले गोकुलधाम छाडा छोडिएका पशुहरूलाई थुन्ने कान्जी हाउस नभएर गौशाला नै रहेको र त्यहाँ गाईको रेखदेख र सुसार हुने जिकिर गर्नुभयो।

हाल गौशालामा २५० बढी गाईहरू संरक्षित छन्। गौशाला पोखरा महानगरपालिकाको व्यवस्थापनमा सञ्चालित छ। दूध खाइञ्जेल पाल्ने दूध दिन छाडेपछि गाईलाई सडकमा छाड्ने प्रवृत्तिका कारण महानगर क्षेत्रका सडकमा छाडा पशुचौपाय आइपुग्छन्।