अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पक्राउ परेका दुध किसानलाई भेट्न एमाले प्रमुख सचेतक प्रहरी हिरासतमा : गृह प्रशासनको आलोचना

पक्राउ परेका दुध किसानलाई भेट्न एमाले प्रमुख सचेतक प्रहरी हिरासतमा : गृह प्रशासनको आलोचना


काठमाडौं – दूधको बक्यौता भुक्तानी माग गर्दै विरोधमा उत्रिएका किसान पक्राउ परेपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला हिरासतमा नै उनीहरुलाई भेट्न पुग्नु भएको छ ।
बर्तौलाले पक्राउ परेका किसानहरूलाई भेटेर ऐक्यबद्धता जनाउँदै गृह प्रशासनको गम्भीर कमजोरी र ज्यादतीले यो घटना भएको भन्दै असन्तुष्टी व्यक्त गर्नु भएको छ । ।

उहाँले सामाजिक सञ्जालमा लेख्दै ‘शान्तिपूर्ण ढंगले दूधको भुक्तानी माग गर्दै आन्दोलन गरिरहेका दूध किसानहरूलाई यस प्रकारले गिरफ्तार गर्नु गृह प्रशासनको गम्भीर कमजोरी र ज्यादती हो । मैले उहाँहरूलाई भर्खरै हिरासतमै पुगेर भेटेर फर्किएको छु । केही अमर्यादित व्यवहार समेत भएको पाइएको छ । यो दुःखद छ । यो आन्दोलन किसानहरूको रहर होइन बाध्यता हो ।’

बर्तौलाले किसानहरूलाई भुक्तानी गर्नुपर्ने दूधको मूल्य अविलम्ब भुक्तानीको सुनिश्चितताको वातावरण बनाउन र पक्राउ परेका किसानहरुलाई ससम्मान रिहाइ गर्न पनि माग गर्नु भएको छ ।
बर्तौलाले किसानको पक्षमा सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेख्नु भएको छ
आफुले बेचेको दुधको भुक्तानी माग गर्दै आन्दोलनरत दूध किसानहरुलाई आज प्रहरीले काठमाडौंबाट धरपकड सहित गिरफ्तार गरेको छ । शान्तिपुर्ण ढंगले दुधको भुक्तानी माग गर्दै आन्दोलन गरिरहेका दुध किसानहरुलाई यस प्रकारले गिरफ्तार गर्नु गृह प्रशासनको गम्भीर कमजोरी र ज्यादती हो । मैले उहाँहरुलाई भर्खरै हिरासतमै पुगि भेटेर फर्केको छु । केहि अमर्यादित ब्यवहार समेत भएको पाइएको छ । यो दुःखद् छ । यो आन्दोलन किसानहरुको रहर होइन बाध्यता हो । त्यसैले किसानहरुलाई भुक्तान गर्नुपर्ने दुधको मूल्य अबिलम्ब भुक्तानीको सुनिश्चितताको वातावरण बनाउन र पक्राउ परेका सम्पुर्ण दूध किसानहरुलाई अबिलम्ब ससम्मान रिहाइको लागि माग गर्दछु ।