काठमाडौं-नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय नागरिकलाई सिमा नाकामा कडाइ गर्नुपर्ने बताउनु भएको छ। उहाँले भारतसँग खुला सीमा भएको कारणले तराईमा आपराधिक घटना बढेको दाबी गर्नुभयो।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सीमा नाकाहरुलाई व्यवस्थित गरेर काँडेतार लगाउँदै पासपोर्ट सिस्टममा जानुपर्ने उहाँले बताउनु भयो।
उहाँले केहीदिनदेखि तराईका जिल्लाहरुमा मानिसहरुमाथि गोली हालेको समाचार आइरहेका बतारउनु भयो। उहाँले भन्नुभयो, ‘यसको मुल कारण खुला सीमाना हो। त्यसैले खुला सीमानालाई एउटा स्वतन्त्र देशले नियमित र नियन्त्रण गर्नैपर्छ। हामी एकैचोटी पासपोर्टको सिस्टममा नजाऔंला। तर, अहिले राष्ट्रिय परिचय पत्र र नागरिकता पनि दिन थालिएको छ। उताबाट आउँदा पनि भारतसँग आधार कार्ड हेर्न सकिन्छ यताबाट जाँदा पनि नागरिकताको प्रतिलिपी हेर्न सकिन्छ। विस्तारै त्यहाँबाट सुरु गरेर काँडेतार लगाउँदै सीमालाई व्यवस्थित गर्दै पासपोर्ट सिस्टममा हामी जानैपर्छ। यसका लागि सशस्त्र प्रहरीलाई साधन र स्रोतहरु जवाफहरु र आवश्यक सुविधा दिनुपर्छ। सशस्त्र प्रहरी भएको ठाउँमा मान्छेहरुले सुरक्षित फिल गरेका छन्। त्यसैले तराईंमा बिग्रिएको सुरक्षालाई ध्यानमा राखेर आन्तरिक रुपमा नेपाल प्रहरी र सीमाका लागि सुरक्षा प्रहरी बिशेष रुपले परिचालन गर्नुपर्छ।’
प्रतिक्रिया