अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियु सप्तरीको अध्यक्षमा रञ्जितकुमार साह

अनेरास्ववियु सप्तरीको अध्यक्षमा रञ्जितकुमार साह


काठमाडौं-अनेरास्ववियु सप्तरी जिल्लाको १५औँ अधिवेशनले रञ्जितकुमार साह अध्यक्षमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ। अधिवेशनले सर्वसम्मत अध्यक्षमा साहलाई चयन गरेको हो।

त्यस्तै उपाध्यक्षमा आशुतोष यादव र राजकुमार साह र सपनाकुमारी चौधरी निर्वाचित हुनुभएको छ। अधिवेशनले सचिवमा शिवराम मण्डललाई चुनेको छ। 

अधिवेशनबाट सहसचिवमा नितिश कुमार मण्डल, सागर यादव र  कृष्णकुमारी पण्डित चुनिनु भएको छ। त्यस्तै कोषाध्यक्षमा प्रियङ्का चौधरी सर्वसम्मत हुनुभएको छ। अधिवेशनबाट ३५ सदस्सीय कमिटी निर्वाचित भएको अनेरास्ववियुका केन्द्रीय सचिव सुजन कडरियाले जानकारी दिनुभयो।