चितवन – श्री एयरलाइन्सले आज काठमाडौं भरतपुर परीक्षण उडान गर्ने भएको छ ।
प्राविधिकहरुसहित परीक्षण उडान गर्न लागिएको भरतपुर विमानस्थल निमित्त प्रमुख दिपक विकले जानकारी दिनुभयो । कम्पनीको क्यू ४०० सिरिजको जेठ इन्जिन जहाज भरतपुर आउँदैछ ।
परीक्षण उडानको औपचारिक रुपमा उद्घाटन गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि भरतपुर आउँदै हुनुहुन्छ । श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट अनुमति मागेको थियो ।
श्रीको ८० सिट क्षमताको जहाज भरतपुर आउन लागेको हो । अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गर्दछन् ।







प्रतिक्रिया