काठमाडौं-नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले नेपाल-भारत सीमामा परिचयपत्र लागू गर्न माग गर्नुभएको छ।
बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो।
सांसद सुब्बाले भन्नुभयो, ‘नेपाल-भारत खुला सीमा भएकै कारण सीमा क्षेत्रमा अपराध बढेको छ। केही दिनदेखि तराईका जिल्लामा गोली हानेर अनाहकमा मारेको छ। लागू पदार्थको दुरुपयोग भएको छ। त्यसैले तत्कालै काँडेतार र पक्की वाल लगाउन नसकिएला। सशस्त्र प्रहरीको संख्या बढाएर सीमा सुरक्षा गर्न आग्रह गर्दछु।’
प्रतिक्रिया