अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलामका जनताले ‘स्वास्थ्य सम्बन्धी हक’ उपयोग गर्न पाएनन्: सुहाङ नेम्वाङ

इलामका जनताले ‘स्वास्थ्य सम्बन्धी हक’ उपयोग गर्न पाएनन्: सुहाङ नेम्वाङ


काठमाडौं-इलाम क्षेत्र-२ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले इलामका जनता आधारभूत नि:शुल्क स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित भएको बताउनु भएको छ।

बिहिबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद नेम्वाङले यस्तो बताउनु भएको हो।

इलामको एक मात्रै जिल्ला अस्पतालमा १४ जनाको विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि तीन जनाको मात्रै पदपूर्ती भएको उहाँले बताउनु भयो। दरबन्दी अनुसारको चिकित्सक पदपूर्ति नहुदा इलामका नागरिक नि:शुल्क स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित भएको उहाँले बताउनु भयो।

‘संविधानको धारा ३५ को ‘स्वास्थ्य सम्बन्धी हक’मा प्रत्येक नागरिकलाई आधारभूत नि:शुल्क स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाको ग्यारेन्टी गरिएको छ,’ उहाँले भन्नुभयो, ‘तर इलामका नागरिकहरुको हकमा भने लागू हुन सकेको छैन। इलामको एक मात्रै जिल्ला अस्पतालमा १४ जनाको विशेषज्ञ चिकित्सकको दरबन्दी छ। त्यसमध्ये तीन जनाको मात्रै पदपूर्ती भएको छ। ११ जनाको रिक्त छ। तीन जनामध्ये पनि एकजना अध्ययन विदामा हुनुहुन्छ।’

नेम्वाङले अस्पतालमा भेन्टिलेटर, आइसियु लगायतका सेवाका लागि उपकरणहरु भएपनि दक्ष जनशक्ति अभावमा उपकरण त्यसै ब्रिग्रिएर जाने अवस्थामा रहेको बताउनुभयो। उहाँले अस्पतालको भवन जिर्ण भएको भन्दै भवन निर्माणको लागि सरकारको ध्यानाकषर्ण गराउनु भयो।