अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मागलाई सन्तुलन गर्नेगरी बजेट प्रस्तुत भएको छ: उद्योगमन्त्री भण्डारी

मागलाई सन्तुलन गर्नेगरी बजेट प्रस्तुत भएको छ: उद्योगमन्त्री भण्डारी


काठमाडौं-उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निरन्तर घटेको बजेटको सीमा र वृद्धि भएको मागलाई सन्तुलन कायम गर्ने गरी मन्त्रालयको योजना तथा बजेट प्रस्तुत गरिएको बताउनु भएको छ। 

बिहीवार विनियोजित मन्त्रालयगत बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्न दिँदै उद्योग मन्त्री भण्डारीले यस्तो बताउनु भएको हो। मन्त्रालयले विद्यमान आवश्यकता र मागको मूल्याङ्कन तथा वस्तुस्थितिको मूल्याङ्कन गरी आगामी आर्थिक वर्षको बजेट प्रस्ताव गरेको बताउनु भयो।

उहाँले निरन्तर रुपमा घटिरहेको बजेटको सीमा र बढिरहेको माग समेतलाई सन्तुलन कायम गर्नेगरी कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको उल्लेख गर्नुभयो। उहाँले उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकासका लागि नीतिगत स्थायित्व र कार्यविधिगत सरलीकरण गरी लगानीमैत्री वातावरण निर्माण गर्ने काममा मन्त्रालय निरन्तर प्रतिवद्ध रहेको बतउनु भयो।