अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री रविबीच के-के भयो कुराकानी ?

प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री रविबीच के-के भयो कुराकानी ?


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबिच सिंहदरबारमा भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उहाँहरूबीच पछिल्लो समसामयिक राजनीतिबारे छलफलका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो।   

उपप्रधान एवं गृहमन्त्री लामिछाने भेटवार्ता पछि सिंहदबारबाट बाहिरिनु भएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा बसेका गृहमन्त्री लामिछाने केहीबेर अघि छलफलबाट निस्किनु भएको हो।

गृहमन्त्री लामिछाने सिंहदरबारमा झण्डै दुई घण्टा छलफलमा बसेर निस्किएको एक स्रोतले जनाएको छ। उहाँ निस्किएपछि सिंहदबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भइरहेको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उहाँहरूबीच छलफल भएको थियो। छलफलमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।

आजको छलफलबाट राजदूत नियुक्तिको विषयलाई टुंग्याउने सम्भावना रहेको एक स्रोतले जनाएको छ। त्यस्तै छलफलमा बजेट पारित लगायत समसामयिक विषयमा पनि छलफल भएको जनाएको छ।

सरकारले जेठ २४ गते भारत, अमेरिका, बेलायतसहित ११ देशका राजदूत फिर्ता बोलाएको थियो।

सरकारको प्रमुख घटक नेकपा एमालेले रिक्त रहेका राजदूतमध्य ८ वटा आफूले पाउनुपर्ने अडान राखेको छ।