अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकारलाई चुनावसम्म सुदृढ ढंगले लैजान्छौं: अध्यक्ष ओली

वर्तमान सरकारलाई चुनावसम्म सुदृढ ढंगले लैजान्छौं: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन सरकारलाई सदृढ ढंगले लाने बारे बताउनु भएको छ।

आज सिंहदरबारमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित बसेको बैठकमा सरकारलाई सुदृढ ढंगले लाने विषयमा कुरा भएको अध्यक्ष ओलीले बताउनु भएको हो।

बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुले साेधेका प्रश्नको जवाफ दिनुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘वर्तमान सत्ता गठबन्धन सरकारलाई सुदृढ ढंगले चुनावसम्म लाने र चुनावपछि पनि यसैलाई कायम राख्ने विषयमा छलफल भयो।’

बिहीबार दिउँसो प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच झण्डै दुई घण्टा छलफल भएको थियो।