अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोर्खा सेभिङ एन्ड क्रेडिट सहकारी समस्याग्रस्त घोषणा

गोर्खा सेभिङ एन्ड क्रेडिट सहकारी समस्याग्रस्त घोषणा


काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गोर्खा सेभिङ एन्ड क्रेडिट सहकारी समस्याग्रस्त घोषणा गरेको छ।
सर्वसाधारणको करिब ४ अर्ब बचत रहेको उक्त सहकारीलाई मन्त्रालयले बिहीबार समस्याग्रस्त घोषणा गरेको हो। यसअघि वैशाखमा सहकारी विभागले १५ दिने स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणको जवाफपछि विभागले मन्त्रालयलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो।
इमानसिंह राई अध्यक्ष रहेको गोर्खा सेभिङ एन्ड क्रेडिट सहकारीले सर्वसाधारणको साढे ४ अर्ब रकम अपचलन गरेको हो।

सहकारीका पूर्वअध्यक्ष डम्बर बहादुर बम्जन तामाङले कर्जा लिएर नतिरेपछि त्यसको असर सहकारीको कर्जा असुलीमा परेको थियो। उनीहरुले लिएको झण्डै डेढ करोड रुपैयाँमा नतिरेका हुन्।