अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखराको प्राइम सहकारीको रकम अपचलन गरेको आरोपमा तीन जना पक्राउ

पोखराको प्राइम सहकारीको रकम अपचलन गरेको आरोपमा तीन जना पक्राउ


पोखरा-पोखरा महानगरपालिका-४ गैह्रपाटनपस्थित प्राइम सहकारी संस्थाको ठगी मुद्दामा फरार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पर्वत मोदी गाउँपालिका–१ स्थायी घर भई हाल पोखरा महानगरपालिका १८ बस्ने ५५ वर्षकी धनकुमारी गुरुङ, पर्वत घर भई हाल पोखरा महानगरपालिका–८ बस्ने ४७ वर्षकी सीताकुमारी गुरुङ र पोखरा महानगरपालिका–३ तेर्सापट्टी बस्ने ४७ वर्षका जीवन सार्कीलाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत तथा सम्पत्ति हिनामिना गरी ठगी गरेको कसूरमा उनीहरुको पनि संलग्नता रहेको भन्दै प्रहरीले यसअघि नै प्रतिवादी बनाएर मुद्दा बुझाइसकेको थियो। अरु पक्राउ परेका प्रतिवादीहरुको थुनछेक आदेश भइसकेको छ। तर उनीहरु फरार रहेका कारण पुर्पक्ष हुन सकेको थिएन। उनीहरुलाई शुक्रबार अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिनुभयो।