अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली रास्वपाको चियापानमा पुग्दा जे देखियो (फोटोफिचर)

एमाले अध्यक्ष ओली रास्वपाको चियापानमा पुग्दा जे देखियो (फोटोफिचर)

रास्वपाको चियापानमा प्रधानमन्त्री प्रचण्ड, अरू को-को सहभागी भए ?


काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चियापान कार्यक्रममा पुग्न भएको छ।

रास्वपाले पार्टी स्थापना दिवसको अवसर पारेर चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा अध्यक्ष ओली केही समयअघि पुग्नुभएको हो।

रास्वपाले पार्टी केन्द्रीय कार्यालय शुक्रबार रास्वपाले दोस्रो स्थापना दिवस मनाएको हो। अध्यक्ष ओलीसँगै पार्टी उपाध्यक्ष विष्णु पौडेले पनि सहभागी हुनुभएको थियो।

चियापान कार्यक्रममा अध्यक्ष ओली पुग्दा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने निकै खुशी साथ स्वागत गर्नुभएको छ। उहाँले अध्यक्ष ओलीसँग कानेखुशी गरेकाे दृश्यमा देखिएको छ।

चियापान समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाही लगायत नेताहरु पनि पुग्नुभएको थियो।

रास्वपाले चियापानमा राजनीतिक दल, संघीय सांसद, सुरक्षा अंगका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगहरूलाई आमन्त्रण गरेको थियो।

उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेले २०७९ साल असार ७ गते आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्नुभएको थियो। सोही महिनाको १७ गते निर्वाचन आयोगमा रास्वपा दर्ता गरिएको थियो। 

पहिलोपटक निर्वाचनमा सहभागी भएको रास्वपा अहिले २० सिटसहित संघीय संसदमा चौथो शक्तिको रुपमा कायम छ।