अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले राष्ट्रिय राजनीतिको नेतृत्वदायी भूमिकामा: प्रदीप ज्ञवाली

एमाले राष्ट्रिय राजनीतिको नेतृत्वदायी भूमिकामा: प्रदीप ज्ञवाली


चितवन-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालको राष्ट्रिय राजनीतिमा नेकपा एमाले नेतृत्वदायी भूमिकामा स्थापित भएको समेत दाबी गर्नुभएको छ।

नेकपा एमाले चितवनको नयाँ निर्वाचित कमिटीको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनु भएको हो।

उपमहासचिव ज्ञवालीले एमालेले राष्ट्रभक्त पार्टी भएकोले देशमा आशा जगाउन अन्ततः सरकार निर्माणमा एमालेलाई मियो मान्नुपर्ने अवस्था आएको बताउनु भयो। उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘अन्ततः जनतामा छाएको निराशा हटाएर आशा जगाउन एमाले पार्टी चाहियो र प्रचण्ड, माधव नेपालले एमालेलाई मियो मानेर नयाँ समीकरणमा आउनुभएको हो।’

जनताको आशा र भरोसा र देश बन्छ भन्ने विश्वासमाथि तुषारापात गर्ने काम एमालेले गरेको उपमहासचिव ज्ञवालीले बताउनुभयो। त्यसैले एमाले देश बन्छ भन्ने आशा र विश्वास जगाउन सरकारमा गएको उहाँले बताउनुभयो।

उहाँले नेकपा एमाले वैचारिक परिवर्तनमा सफल भएको समेत बताउनु भयो।