अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निरोगी समाज निर्माण गर्न योग अपरिहार्य छ: अध्यक्ष ओली

निरोगी समाज निर्माण गर्न योग अपरिहार्य छ: अध्यक्ष ओली


काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरोगी समाज निर्माण गर्न योग अपरिहार्य भएको बताउनुभएको छ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज एमालेद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो परिवार, छिमेकी र सिङ्गो मानव समुदायका लागि मस्तिष्कको सदुपयोग हुनु प्रमुख कुरा भएको बताउनुभयो। योगले शारीरिक, मानसिक स्वच्छताका साथै आचरण, व्यवहार र क्रिया–कर्मको समेत स्वच्छता र पवित्रताको मार्गदर्शन गर्ने उहाँको धारणा छ। 

'योग कसैलाई चाहिने, कसैलाई नचाहिने होइन, यो सबै मानव जातिको साझा सम्पत्ति हो', अध्यक्ष ओलीले भन्नुभयो। योगको सार अहिंसा, सत्य धारण र शरीरको नियन्त्रण भएको उहाँले बताउनुभयो। मानिसलाई स्वस्थ जीवन जिउन र असल कर्म गर्न सिकाउने कुरा योग हो भन्ने कुरा बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो । योगमा गलत कुरा र स्वार्थ मिसिन नहुने अध्यक्ष ओलीको भनाइ थियो। सङ्कीर्ण र समूहगत स्वार्थ योगमा मिसिनु नहुने उहाँले बताउनुभयो। 

योगले मानिसलाई गलत बाटोबाट सही मार्गमा तथा गलत विचारबाट सही विचारतर्फ डो¥याउन मद्दत पुग्ने अध्यक्ष ओलीको धारणा थियो। योग सद्विचार र सत्कर्मको संयोग भएको उहाँले बताउनुभयो। ध्यान शिवको पालादेखि नै भए पनि बुद्धको पालामा आएर यसले विशेष महत्व पाएको उहाँको भनाइ थियो।