अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौरादहको नीति कार्यक्रम पूर्वाधार विकासमा जोड : तीन वर्ष भित्र नगरवासीलाई शुद्ध खानेपानी

गौरादहको नीति कार्यक्रम पूर्वाधार विकासमा जोड : तीन वर्ष भित्र नगरवासीलाई शुद्ध खानेपानी


झापा-गौरादह नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्थानीय विकासका विविध योजनाहरु अघि सारेको छ । नगरको केही वडाका केही भाग मात्र सहरीकरण भएको यो नगरपालिकाका अधिकांस भाग ग्रामिण बस्ती छन् । यहाँका अधिकाँस वडाहरुमा ट्युवेलबाट खानेपानी आपूर्ती भइरहेकोले त्यो अवस्थाको अन्त्य गर्न नगरपालिका नीति कार्यक्रम मार्फत अग्रसर भएको छ ।
नीति कार्यक्रममा आगामी तीनवर्ष भित्र नगरका सबै वडाहरुमा पूर्ण स्वास्थ्य र गुणस्तरीय पानी वितरणको योजना अघि सारिएको छ । नगर प्रमुख छत्रपति सुवेदीले प्रष्तुत गरेको नीति कार्यक्रममा चालु योजनाहरुको व्यवस्थापन,नयाँ योजनाहरुको पहिचान,विकास र सुधार गरी नगरवासीलाई स्वास्थ्य खानेपानी पुर्याउने घोषणा गरिएको छ । तर के कसरी यो कार्यक्तम सञ्चालन हुन्छ भन्ने खुलाइएको छैन । यसैगरी चालु खानेपानी योजना अन्तरगत नयाँ धारा जडान गर्ने नगरवासीहरु मध्ये विपन्नलाई मिटर जडान पूर्ण निशुल्क गर्ने पनि नगरपालिकाको घोषणा छ । विपन्न छुट्याउने आधार के भन्ने कार्यविधी बनाइने नगरपालिकाले जनाएको छ ।
सुवेदीले प्रस्ताव गरेको कार्यक्रममा भौतिक पूर्वाधारतर्फका योजनाहरु उल्लेख्य छन् । यसैगरी कृषि तथा पुशपंक्षी र शिक्षा सुधारका प्रष्तावहरुलाई प्राथमिकतामा राखेको छ । भौतिक पूर्वाधारतर्फ विभिन्न वडाहरुमा १० वटा योजना सञ्चालन गर्ने घोषणा गरिएको छ । यी सबै सडकका योजनाहरु हुन् ।