अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यसचिव विरुद्ध मुद्धा दायर गर्ने अख्तियारको निर्णय : दुई पूर्वमन्त्रीलाई के होला ?

मुख्यसचिव विरुद्ध मुद्धा दायर गर्ने अख्तियारको निर्णय : दुई पूर्वमन्त्रीलाई के होला ?


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । यही मुद्धामा जोडिएका पूर्व सञ्चार मन्त्रीहरु मोहन बहादुर बस्नेत र ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मुद्धा दायर हुन्छ वा हुदैन भन्ने कुरा खुलेको छैन । उनीहरुलाई पनि अर्यालसँगै मुद्धा दायर हुनुपर्ने कुरामा अख्तियारको बहुमत रहे पनि मत विभाजन भएकोले के गर्ने भन्ने बारे नटुंगिएको अख्तियार स्रोतको भनाइ छ ।

अख्तियार उच्च स्रोतका अनुसार सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको निचोडसहित मुद्दा दायर गर्ने निर्णय भएको हो ।
‘उहाँलगायत केही सार्वजनिक व्यक्तिहरूमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको हो,’ अख्तियार स्रोतले भन्यो, ‘तर उच्चपदस्थ अधिकारीहरू जोडिएको र संवेदनशील विषय भएकाले अरू सबै विवरण हामीले गोप्य राखेका छौं ।’

अख्तियार स्रोतका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा उनको संलग्नता पुष्टि भएको थियो ।
‘ती दुई फाइलको अनुसन्धान करिब–करिब टुंगिएको थियो,’ अख्तियार स्रोतले भन्यो, ‘त्यसैले मुद्दा दायर गर्ने निर्णय भएको हो । विशेष अदालतमा आरोप पत्र दायर हुनासाथ अरू थाहा हुन्छ ।’