अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य तोलामा २७ सयले घट्यो

सुनको मूल्य तोलामा २७ सयले घट्यो


काठमाडौँ-स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु दुई हजार सात सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु.एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो। आजका लागि रु.एक लाख ४२ हजार निर्धारण भएको छ।

यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु.एक लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि रु.एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ।

चाँदीको मूल्य प्रतितोला रु ५० ले घटेको छ। शुक्रबार प्रतितोला रु.एक हजार ८६५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु.एक हजार ८१५ निर्धारण भएको छ।