अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद भगवती न्यौपानेको प्रश्न: लैंगिक अनुपात ९५ प्रतिशत छ तर जन्मिदा ११२ छ ?

सांसद भगवती न्यौपानेको प्रश्न: लैंगिक अनुपात ९५ प्रतिशत छ तर जन्मिदा ११२ छ ?


काठमाडौं-राष्ट्रिय सभामा नेकपा एमालेकी सचेतक भगवती न्यौपानेले लैंगिकताको खाडल बढीरहेको बताउनु भएको छ। राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सचेतक न्यौपानेले जनगणनाको तथ्यांकले जन्मदाको लैंगिक अनुपात ११२ देखाएकोमा चिन्ता व्यक्त गर्नुभएको हो।

‘जनगणनाले जनसंख्यामा महिलाको संख्या बढी देखाउने अनि जन्मदा चाहिं छोरा बढी जन्मने कसरी सम्भव हुन्छ ?’ न्यौपानेले प्रश्न गर्नुभयो। औषतमा लैंगिक अनुपात ९५ प्रतिशत छ तर जन्मदाको लैंगिक अनुपात ११२ छ। अर्थात् नेपालको जनसंख्यामा १०० जना महिला हुँदा ९५ जना पुरुष छन् तर जन्मदा १०० जना महिलामा ११२ जना पुरुषहरु जन्मने गरेका छन्। जन्मको लैंगिक अनुपात धेरै गम्भीर जटिल विषय भएको नेउपानेले बताउनुभयो।

मधेश प्रदेशमा लैंगिक खाडल धेरै भएको उहाँले बताउनुभयो। धनुषामा १०० जना छोरी जन्मदा १३३ जना छोरी जन्मनुले लैंगिकताको खाडल झन् झन् गहिरो रहेको उहाँले बताउनुभयो। यस्तो असन्तुलित जन्म कसरी सम्भव हुन्छ ? उहाँले भन्नुभयो ‘यो हिंसाको बदलिएको स्वरुप हो ’ न्यौपाने भन्नुभयो, ‘हिजो छोरी बुहारीहरु दाइजो,बोक्सीका नाममा पिडित हुन्थे आज उनीहरुलाई जन्म नै नदिएर भ्रुणमै हिंसा गर्ने क्रम बढेको छ।’