काठमाडौं-प्रतिनिधि सभामा नेकपा एमालेका सांसद भगवती न्यौपानेले छाउपडीप्रथा उन्मूलनलगायत महिलामाथि हुने हिंसा अन्त्य हुनुपर्ने बताउनु भएको छ।
राष्ट्रियसभा बैठकको आज विशेष समयमा सांसद न्यौपानेलेले छाउपडीप्रथाले समाजिकरुपमा विकृति फैलाएको र महिलामाथि विभेद भइरहेको बताउनुभयो।
‘बोक्सीको आरोपमा महिलालाई जिउँदै जलाइन्छ, बलात्कृत हुनुपरिरहेको छ, छाउपडीप्रथाका कारण महिला पीडित छन्’, उहाँले भन्नुभयो, ‘दाइजोसँग महिलाको अस्तित्व साटिँदै छ, यस्ता हिंसा उन्मूलन गर्न सरकारले प्रभावकारी नीति कार्यान्वयनमा जोड दिनुपर्छ।’
प्रतिक्रिया