अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

३८ करोड जरिवाना माग


काठमाडाैं-नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ।

मदिरामा प्रयोग हुने अन्तःशुल्क स्टिकर छपाइँ तथा खरिद प्रकियामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा ३८ करोड भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको हो। विशेष अदालतमा भर्खर पेश गरिएको अभियोगपत्र अनुसार रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिबल्लब घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, केशव शर्मालाई प्रतिवादी बनाइएको छ।

अहिले विशेष अदालतमा अख्तियारले पेश गरेको आरोपपत्र, मुद्दाको मिसिल र प्रमाण कागजात रुजु गर्ने काम भइरहेको छ। २०७९ असोज ४ गते सेक्युरिटी प्रिन्टिङ सेन्टरले आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेण्डर आह्वान गरेको थियो जसको ठेक्का प्रिन्टसेल प्रालिले पाएको थियो। सोही प्रक्रियामा भएको भ्रष्टाचारमा मुख्यसचिव अर्यालको संलग्नता देखिएको अख्तियारको ठहर छ।

अर्याल २०८० जेठ ३२ गते मुख्यसचिव नियुक्त हुनुभएको थियो। २०८० असार २ मा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाश पाउने क्रममा रहेका अर्याललाई सरकारले त्यसको ३ दिनअघि मात्रै मुख्यसचिवमा नियुक्त गरेको थियो।