अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै दिने गरी व्यवस्था मिलाउनुपर्छ: तुलसा दाहाल

राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै दिने गरी व्यवस्था मिलाउनुपर्छ: तुलसा दाहाल


काठमाडौँ-राष्ट्रियसभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले राष्ट्रिय परिचयपत्रलाई स्थानीय तहबाटै अभिलेख गर्ने गरी सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

आइतवारको राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले रकारको ध्यानाकर्षण गराउनु भएको छ हो। उहाँले सरकारले राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गराउनेभन्दा अहिले सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने नागरिक र अपांगता भएका नागरिकलाई समस्या परिरहेको बताउनु भयो।

उहाँले राष्ट्रिय परिचयपत्रलाई स्थानीय तहबाटै अभिलेख गर्ने गरी सहज रूपमा वडाबाटै दिने गरी व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो।

सांसद दाहालले भन्नुभयो, ‘सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गराउने भनेको छ। राष्ट्रिय परिचयलाई एकीकृत गर्ने दूरगामी उद्देश्यका हिसाबले यो ठिक होला तर सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने नागरिकलाई अनिवार्य गर्दा नागरिकलाई कठिन भएको छ। खासगरी ज्येष्ठ नागरिक र अपांगहरूलाई अनावश्यक रुपमा अनिवार्य भन्दा उहाँहरूले दुःख पाइरहनुभएको छ। राष्ट्रिय परिचयपत्रलाई स्थानीय तहबाटै अभिलेख गर्ने गरी सहज रूपमा वडा तहमै वितरण गर्ने गरी व्यवस्था गर्न आवश्यक छ।’