अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राईद्वारा रासस तस्बिर प्रदर्शनी अवलोकन

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राईद्वारा रासस तस्बिर प्रदर्शनी अवलोकन


काठमाडौँ-कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का नेता शेरधन राईले राष्ट्रिय समाचार समिति ९रासस०मा जारी तस्बिर प्रदर्शनी अवलोकन गर्नुभएको छ।

गणतन्त्र दिवसका अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकन गर्नुहुँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालमा के भयो र ? भनी निराशा फैल्याउने क्रमलाई यो प्रदर्शनीले चिरेको बताउनुभयो।

प्रदर्शनीमा राखिएका तस्बिर गणतन्त्रका उपहारका रुपमा रहेको उल्लेख गर्नुहुँदै पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनुभएका उहाँले आफू कोशी प्रदेशको मुख्यमन्त्री भएका बेला पनि धेरै सडक कालोपत्र गरिएको स्मरण गर्नुभयो।

हाम्रै पालामा समृद्धि पस्कन सकिन्छ भन्ने भएपनि राजनीतिक अस्थिरताले त्यसलाई प्रभाव पारेको नेता राईले बताउनुभयो। राजनीतिक स्थिरता र सुशासन विना समृद्धि सफल छैन यसैले अस्थिरता तोड्न सबै दल एकै ठाउँमा आउनुपर्ने भनाइ पनि उहाँले राख्नुभयो।

इञ्जिनियर तिमिला यमीलगायत इञ्जिनियरिङका विद्यार्थीको समूहले पनि राससमा जारी तस्बिर प्रदर्शनीको अवलोकन गरेको छ। अवलोकनपछि प्रतिक्रिया दिनुहुँदै इञ्जिनियर यमीले तस्बिरलाई पुस्तकका रुपमा प्रकाशन गरिनुपर्नेमा जोड दिनुभयो।

गत जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायोगमा निर्मित एवम् निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन्।

विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरको पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन्। सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर प्रदर्शनीमा समेटिएका छन्। राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृति ः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो। प्रदर्शनी सोमबारसम्म जारी रहने जनाइएको छ।