अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगर बनाउने प्रस्ताव

वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगर बनाउने प्रस्ताव


सुर्खेत-कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगपालिकामा स्तरोन्नती गर्न नीति पहल गर्ने भएको छ।

आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मोहनमाया ढकालले नगरपालिकामा राजश्व, जनसंख्या र अन्य पूर्वाधार पुगेकोले उपमहानगरपालिका घोषणा गर्न प्रदेश र संघ सरकारसँग माग गर्ने बताउनुभयो।

नगरपालिकाले नीति कार्यक्रमको प्रस्तावना खण्डमा नै यस विषयलाई महत्वका साथ उठाएको छ। कर्णाली प्रदेशमा एउटा पनि उपमहानगरपालिका छैन। नीति तथा कार्यक्रममा उपमहानगरपालिका बनाउने सन्दर्भमा भनिएको छ नेपाल सरकारको मापदण्ड अनुसार नगरपालिकालाई स्तरोन्नति गर्न आवश्यक पूर्वाधार, जनसंख्या र राजस्व पुर्याउन सफल भएको हुँदा यस नगरपालिकालाई उपमहानगरपालिकाको रुपमा विकास गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गर्ने हाम्रो योजना रहेको छ।

नगरप्रमुख ढकालले अहिले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएकाे छ।