अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आकासे पुल निर्माण सहित पूर्वाधारका ४९ वटा योजना समेटेर वीरेन्द्रनगरपालिको नीति कार्यक्रम

आकासे पुल निर्माण सहित पूर्वाधारका ४९ वटा योजना समेटेर वीरेन्द्रनगरपालिको नीति कार्यक्रम


सुर्खेत-कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर नगरपालिकाले पूर्वाधार विकासलाई महत्व दिएको छ।

आगामी आिर्थक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मोहनमाया ढकालले मंगलगढी चौकमा ट्राफिक व्यवस्थापन गर्न आकासे पुलको निर्माण गरिने घोषणा गर्नु भएको छ।

खानेपानी र पार्किङलाई नगरपालिकाले विशेष प्राथमिकतामा राखेको छ। जसका लागि यहाँको ड्रिम प्रोजेक्टको रुपमा रहेको भेरी पम्पिङ आयोजनाको कार्य सुरु भइसकेको र त्यसलाई आागाी तीनवर्षमा पुरा गर्ने लक्ष्य नीति तथा कार्यक्रममा राखिएको छ। यस आयोजनाका विषयमा नगरपालिकाले पूर्वाधारको दोस्रो प्राथमिकताको कार्यक्रममा अघि सारेको छ। यस विषयलाई उपत्यकाको खानेपानी दिगो व्यवस्थापन गर्न राष्ट्रिय गौरवको आयोजना भेरी पम्पिङ खानेपानी आयोजना निर्माण प्रक्रिया प्रारम्भ भएको छ। आगामी तीन बर्षमा कार्यसम्पन्न गरी खानेपानी व्यवस्थापन गर्न तीब्रताका साथ कार्य अघि बढाइनेछ। साथै तत्काल खानेपानीको वैकल्पिक माध्यम, मुल सुधार, पानी वितरण प्रक्रियामा सुधार र डिप बोरिङ व्यवस्थापन गरिनेछ।

नीति कार्यक्रममा भनिएको छ, ‘पूर्वाधार अन्तरगत ४९ वटा कार्यक्रम समेटिएको छ। नगरपालिकाले १६ वटै वडामा ५० लाख रुपैंया बराबरका योजनालाई वडा गौरवका योजना घोषणा गरेर काम अघि बढाउने भएको छ । प्रमुख ढकालले बाचन गरेको नीति तथा कार्यक्रममा सबै वडाको सन्तुलित विकासका लागि यो कार्यक्रम ल्याइएको उल्लेख छ ।