अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका सांसदको कार्यशैली प्रभावकारी सिंहदरबारमा प्रशिक्षण

एमालेका सांसदको कार्यशैली प्रभावकारी सिंहदरबारमा प्रशिक्षण


काठमाडौं-नेकपा एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका आफ्ना सांसदहरूलाई रूपान्तरित नेतृत्वका विषयमा प्रशिक्षण दिएको छ। 

पार्टी संसदीय विभागको आयोजना र स्थानीय विकास विभागको संयोजनमा ‘समृद्धि उन्मुख रूपान्तरित नेतृत्व र कार्यशैली’ विषयक एक दिने प्रशिक्षण दिएको हो।

 संसदीय विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो। त्यसक्रममा उहाँले सांसदहरूको कार्यशैलीलाई थप प्रभावकारी बनाउन सहयोग पुर्‍याउने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको बताउनुभयो। संसद् र र जनताका बिचमा काम गर्दा प्रभावकारी र रूपान्तरित रूपमा आफ्ना उपस्थिति जनाउन आवश्यक रहेको उहाँको जोड दियो।

यस्तै स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहालले केही समय अघि सातै प्रदेशका जनप्रतिनिधिलाई पार्टी विभागले बन्द प्रशिक्षण शिविरको रूपमा स्थानीय तहको काम प्रभावकारी बनाउन सघाउ पुर्‍याउने उदेश्यले प्रशिक्षण दिइएको जानकारी गराउनुभयो। सो पछि सङ्घीय सांसदहरूको पुनर्ताजगी र प्रभावकारी एवम् रूपान्तरित नेतृत्वका बारेमा प्रशिक्षण आयोजना गरिएको उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रतिनिधीसभाका प्रमुख सचेतक महेश बर्तौलाले प्रशिक्षणबाट सांसदहरुको नेतृत्व एवम् कार्यशैलीलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको बताउनुभयो।

प्रशिक्षणका क्रममा सहजकर्ता, पार्टी स्कुल विभागका सदस्य एवम् नेतृत्व शिल्पका विज्ञ प्रा.डा. तत्व तिम्सिनाले पार्टीले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य प्राप्तिका लागि सवै तहको नेतृत्वले प्रभावकारी रुपमा कार्य सम्पादन गर्न आवश्यक रहेको बताउनुभयो। यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रि स्तरमा विकशित परिस्थिति र अवस्थाको समेत विश्लेषण गर्दै नेतृत्व क्षमको विकास गर्नु पर्ने उहाँको भनाई थियो।

कार्यक्रममा राष्ट्रिय सभा एवम् प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एमालेका अधिकांश सांसदहरुको सहभागीता रहेको थियो।