अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसईई नतिजा: सबैभन्दा बढी गणित विषयमा विद्यार्थी फेल

एसईई नतिजा: सबैभन्दा बढी गणित विषयमा विद्यार्थी फेल


काठमाडौँ-माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरू फेल भएका छन्।  परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन्।

आज सार्वजनिक भएको एसईईको नतिजा अनुसार विगतका वर्ष झै यो वर्ष पनि गणित विषयमा सबैभन्दा बढी विद्यार्थी फेल (एनजी) भएका हुन्। 

बोर्डको तथ्याङ्क अनुसार १ लाख लाख ७७ हजार ९८५ विद्यार्थीको गणित विषयमा एनजी भएका छन् । २०७९ सालको एसईईको नतिजा अनुसार गणित विषयमा १ लाख ८८ हजार ९४ विद्यार्थीको ई ग्रेड आएको थियो। 

त्यस्तै विज्ञान विषयमा १ लाख २६ हजार ९३३ जना विद्यार्थी फेल भएका छन् । अंग्रेजीमा १ लाख १ हजार ३८३ जना, सामाजिक शिक्षामा ७३ हजार ८७७, नेपालीमा ६९ हजार ५३२ जना फेल भएका छन् । त्यसपछि अर्थशास्त्रमा ६९ हजार ४१६ जना, ऐच्छिक गणितमा २० हजार ५५२ जना फेल भएका छन्।

ऐच्छिक गणित ऐच्छिक जनसंख्यामा ३५११, वातावरण विज्ञानमा २४३७ र भूगर्भमा ५१७ जना फेल भएका छन् । त्यस्तै गणित विषयमा नै सबैभन्दा बढीकाे ए प्लस आएकाे छ। गणितमा  १९ हजार ७३६  जनाले ए प्लस ल्याएका छन् ।  त्यसपछि अंग्रेजीमा  १७ हजार ४८० जनाले  ए प्लस ल्याएका छन्।

विगत वर्षको तुलनामा नतिजा बढेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताउनु भयो । विगतका वर्षहरूमा गणित, विज्ञान र अंग्रेजी विषयमा धेरै विद्यार्थी फेल हुने गरेका थिए । त्यो क्रम अहिले पनि निरन्तर चलेको अध्यक्ष शर्माले बताउनुभयो।

राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार एसईईको नतिजा सार्वजनिक गरेको थियो।

गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।