अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रमुख तीन दलको बैठक बालुवाटारमा

प्रमुख तीन दलको बैठक बालुवाटारमा


काठमाडौँ- प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाबीच बैठक सुरु भएको हो। 

बैठकमा नेपाली कांग्रेस नेता कृष्ण सिटौला साथै पूर्वमहान्याधिवक्ता रमेश बडाल, अग्नि खरेल, कानुनका जानकार राधेश्वास अधिकारसमेत सहभागी छन् । यस्तै बैठकमा तीन दलका दोस्रो तहका नेताहरु पनि सहभागी छन्।

बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली,  एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायतका नेताहरु छन्। 

छलफलमा टीआरसी विधेयकबाहेक अन्य समसामयिक विषयमा पनि कुराकानी हुने बुझिएको छ।