अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठकः बाढीपहिरो पीडितको उद्धार गर्न माग

प्रतिनिधिसभा बैठकः बाढीपहिरो पीडितको उद्धार गर्न माग


काठमाडौँ-प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गर्नुभएको छ।

आजको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले केही दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीमा बाढीपहिरोले धेरै क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले बाढीपहिरो पीडितका लागि तत्काल राहत, उद्धार, क्षतिपूर्ति, र पुनःस्थापनाका लागि सरकारसमक्ष आग्रह आग्रह गर्नुभयो।

शिक्षा क्षेत्रमा सुधार गर्न गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक राम्रो व्यवस्था गर्नुपर्नेमा सांसद चौधरीले जोड दिनुभयो। उहाँले एसइईको नतिजामा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु भनेको शिक्षामा सन्तोजनक अवस्था नभएको जनाउँदै परीक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। 

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का ज्ञानबहादुर शाहीले केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्ग आठ स्थानमा क्षतिग्रस्त भई सडक अवरुद्ध भएकोप्रति सरकारको ध्यानकर्षण गराउनुभयो। उहाँले तत्काल सरकारले राजमार्गको पुनःनिर्माण गरी नागरिकलाई सहजरुपमा आवतजावत गर्ने वातावरण मिलाउन आग्रह गर्नुभयो। 

सांसद शाहीले नेपालको अर्थव्यवस्था निकै सङ्कटको अवस्थामा पुगेको स्मरण गराउँदै अर्थतन्त्र सुधार गर्न स्वदेशा नै रोगगारीका अवसर सिर्जना गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले २०३९/४० सालमा विकास खर्च ७१ प्रतिशत थियो तर अहिले घट्दै घट्दै मुुलुको अर्थव्यवस्था नै धरासयी बन्दै गएको बताउनुभयो।