अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसईई मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न जरूरी छ: जुली महताे

एसईई मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न जरूरी छ: जुली महताे


काठमाडाैं-नेकपा एमालेकी सांसद् जुलीकुमारी महताेले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले चिन्तित बनाएकाे बताउनुभएकाे छ।

शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् महताेले परीक्षा दिएकामध्ये ५२ प्रतिशत प्रशिक्षार्थी फेल नतिजाले आफू मात्र नभइ सिंगै देशलाई नै चिन्तित बनाएकाे बताउनुभयाे। उहाँले एसइई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न जरुरी रहेकाे पनि बताउनु भयो।

परीक्षा प्रणालीका बारेमा लामाे समय बहस गरिएकाे भन्दै उहाँले पुरानाे परीक्षा प्रणाली बदलाैं र परीक्षामा फेल भएर देशका युवा नागरिककाे भविष्य अन्धकार भएकाे हेर्नुपर्ने अवस्थाकाे अन्त्यकाे लागि पटक पटक छलफल भएपनि नियती दाेहाेरिएकाे बताउनुभयाे।

फेरि आधा विद्यार्थी फेल हुनुले देशकाे भविष्य कता जाला भन्ने देखिएकाे भन्दै उहाँले अनुति। शिक्षा प्रणालीमा फरक तरिकाले सोच्नुपर्ने बेला आएको उहाँले बताउनुभयाे ।