अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सार्वजनिक सुनुवाइमा बिर्तामोड नगरप्रमुख प्रसाईको यस्तो जवाफ

सार्वजनिक सुनुवाइमा बिर्तामोड नगरप्रमुख प्रसाईको यस्तो जवाफ


बिर्तामोड-बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरका सबै वडालाई समानुपातिक तवरले बजेट विनियोजन गरेको बताउनु भयो।

वडा नम्बर १० को सभाहलमा आज आयोजित आर्थिक वर्ष २०८०/०८१ को तेस्रो चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले बिर्तामोडमा कुनै प्राकृतिक स्रोत नभएकाकारण आम्दानी थोरै हुने गरेको र उठेको बजेटलाई समानुपातिक ढंगले वितरण गरेको बताउनु भयो।

नगर प्रमुख प्रसाईले संघिय सरकारले लगाएको ठेक्कामा विभिन्न प्रकारका समस्या आउने गरेको बताउनुभयो। उहाँले समयमा काम नहुने, ठेकेदार सम्पर्कमा नआउने लगायतका समस्या रहेको बताउनु भयो पालिकाले लगाएका ठेक्कामा भने त्यस्तो समस्या नरहेको उहाँको भनाई छ।

सहभागीहरुले राखेको जिज्ञासामा बोल्दै नगरप्रमुख प्रसाईले सुकुम्बासी समस्या समाधानका लागि पहल गरिरहेको बताउनु भयो। धनिपुर्जा दिनेअधिकार पालिकासँग नरहेको भन्दै उहाँले समस्या हलगर्नु पर्नेमा जोड दिनुभयो। नगर प्रमुख प्रसाईले अधुरा योजना चाँडै सम्पन्न गर्ने प्रतिवद्दतासमेत व्यक्त गर्नुभएको छ।

सार्वजनिक सुनुवाईमा सहभागीहरुले टोलविकास संस्थाका काम कर्तव्य र अधिकार, भौतिक पूर्वाधार, कृषि औजार खरिद तथा वितरण, सुकुम्बासी समस्या, खानेपानी, पर्यटन, अपुरा योजना, प्रशासनिक र प्राविधिक समस्या, महिला हिंसा, स्वास्थ्य वीमा लगायतका विषयमा जिज्ञासा राखेका थिए।

सहभागीहरुको जिज्ञासालाई नगर प्रमुख प्रसाई, वडा-१० का वडाअध्यक्ष दुर्योधन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले जवाफ दिनुभएको थियो। झापा युनेस्को संघ नेपालको तर्फबाट विजय तिम्सिनाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।