अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जबज स्वार्थपूर्ति गर्ने माध्यम होइन: अध्यक्ष ओली

जबज स्वार्थपूर्ति गर्ने माध्यम होइन: अध्यक्ष ओली


काठमाडौंनेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जवज) स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताउनुभएको छ।

शुक्रवार एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। 

उहाँले आफ्नो स्वार्थ पूरा गर्दा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थ पूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको बताउनुभयो। जनताको बहुदलीय जनवाद ओठेभक्ति नभएको बताउनुभयो।

अध्यक्ष ओलीले जबज मौकाप्रस्थको माध्यम नभएको बताउनुभयो। उहाँले जनताको बहुदलीय जनवादले अहिले पनि आफूहरुलाई प्रभावकारी रुपमा अघि बढाइरहेको बताउनुभयो। उहाँले जबजले अहिले पनि मार्गदर्शन गरिरहेको बताउनुभयो। उहाँले जबज देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति केन्द्रित रहेर प्रत्युत्पादन भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘जनताको बहुदलीय जनवादले हामीलाई लगातार अझ बढी प्रभावकारी ढंगले अघि लगेको छ । जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गरिरहेको छ । हामी जनताको बहुदलीय जनवादप्रति ओठेभक्ति होइन । आफ्नो स्वार्थ पूरा गर्न होइन। मौका मिले जबज कार्यक्रम हो, मौका नमिले होइन । यस्तो खालको जबजप्रतिको हाम्रो दृष्टिकोण, हाम्रो निष्ठा यस प्रकारको मौकाप्रस्थ होइन।’

जबज हामीले भनेको मदन भण्डारी हाम्रो अत्यन्त निकट मित्र भएको उहाँले चर्चा गर्नुभयो । उहाँ हाम्रो नेता हुनुहुन्थ्यो, साथी हुनुहुन्थ्यो, आफन्त हुनुहुन्थ्यो, चिने जानेको मान्छे हुनुहुन्थ्यो उहाँले थप्नुभयो, ‘उहाँको अगुवाईमा भएको हुनाले जबज त कसरी छोड्ने ? भन्नेकुरा होइन । यो देशको अग्रगमनका लागि जननेता मदन भण्डारीले उहाँको अगुवाइमा यसमा धेरै अतिसयुक्ति हुनु हुँदैन । उहाँको अगुवाइमा एमालेले जनताको बहुदलीय जनवाद प्रत्युत्पादन ग¥यो ।’