अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बसाँइसराइ र विदेश पलायनले कृषि क्षेत्र धरासायी : मुख्यमन्त्री हिक्मत कार्की

बसाँइसराइ र विदेश पलायनले कृषि क्षेत्र धरासायी : मुख्यमन्त्री हिक्मत कार्की



विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बढ्दो बसाँइसराइ र युवाहरुको विदेश पलायनले कृषि क्षेत्र धरासायी बनेको बताउनुभएको छ ।
२१ औं राष्ट्रिय धान विदशका अवसरमा एक सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले कृषिको विकास विना नेपालको आर्थिक उन्नती सम्भव नहुने भएकोले यसमा सबैको सहभागिता जरुरी रहेको सन्देशमा उल्लेख गर्नुभएको छ । कृषिलाई प्राथमिकतमा राखेर सिमित स्रोत र साधनका बीच पनि कृषि प्रवद्र्धनका लागि प्रदेश सरकाले विविध कार्यक्रम सञ्चालन गरिरहेको कार्कीले उल्लेख गर्नुभएको छ । कृषिलाई यान्त्रिकिकरण गर्ने हाम्रो प्रयास जारी छ मुख्यमन्त्री कार्कीले भन्नुभएको छ कोशी प्रदेशमा धान खेतीको मुख्य समस्याको रुपमा रहेको मलको अभावलाई कम गर्न संीय सरकारसँग समन्वय गरेर काम गरिरहेका छौं ।
कृषिको उत्पादन र उत्पादकत्व बढाएर राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिन कार्कीले सबैलाई आह्वान गर्नु भएको छ ।