अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीलाई भेट्न देउवा दम्पती बालकोटमा,डेढ घण्टामा के कुराकानी भयो ?

अध्यक्ष ओलीलाई भेट्न देउवा दम्पती बालकोटमा,डेढ घण्टामा के कुराकानी भयो ?


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट भएको छ ।
अपरान्ह करिब ३ बजे देउवा श्रीमती आरजु देउवा सहित बालकोट पुग्नु भएको हो ।
आज निवासमै रहनु भएका अध्यक्ष ओलीलाई भेट्न देउवा दम्पती बालकोट पुगेका हुन् । उहाँहरु तीनजना बीच करिब डेढ घण्टा कुराकानी भएको बालकोट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उहाँहरु बीच संविधान संसोधनका विषय लगायत विविध विषयमा छलफल भएको हो । खासगरी अहिलेको निर्वाचन प्रणालीमा फेरबदल गर्न दुवै नेताहरुले चासो राखेका छन् । वर्तमान निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत नआउने भएकोले समानुपातिक प्रतिनिधित्वका विषयमा पुनर्विचार गर्न दुवै पार्टीमा बहस भइरहेको छ । प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित प्रणालीमा केन्द्रित गरेर राष्ट्रियसभालाई पूर्ण समाुनपातिक बनाउने वा प्रतिनिधीसभाको प्रत्यक्षतर्फ नै आरक्षण कायम गर्ने भन्ने विषयमा छलफल अघि बढेको छ । एमाले स्रोतका अनुसार दुवै पार्टीका दोस्रो तहका नेताहरुले धेरै चरणमा छलफल गरेपछि आज अध्यक्ष ओलीसँग भेट्न देउवा दम्पती बालकोट पुगेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालबाट दास्रो पटक धोका खाएका देउवा त्यसको बदला लिने उपयुक्त समयको खोजीमा हुनुहुन्छ । कतिपयले काँग्रेसले अध्यक्ष ओलीलाई सत्ताको बागडोर सम्हाल्न अनौपचारिक प्रस्तावमा छलफल चलाएको बताएका छन् ।

संसदमा छलफल कै क्रममा रहेको संक्रमणकालिन न्याय सम्बन्धी विधेयक सहमतीमा टुंग्याउने विषयमा पनि अध्यक्ष ओली र सभापति देउवाबीच छलफल भएको स्रोतले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई पक्रने क्रम फेरी सुरु भएकोमा देउवा पत्नी आरजुको यसमा बढी चासो रहेको बताइएको छ ।