अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीसँगको भेटघाट पछि काँग्रेसले बोलायो पदाधिकारी बैठक

एमाले अध्यक्ष ओलीसँगको भेटघाट पछि काँग्रेसले बोलायो पदाधिकारी बैठक


काठमाडौ-कांग्रेस सभापति शेरबहादुर देवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाउनु भएको छ । बैठक बुढानिलकण्ठस्थित देउवाको निवासमा भोली दिउँसो ३ बजे बस्ने छ ।
प्रवक्ता प्रकाशसरण महतले सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सोमबार दिउँसो बैठक बोलाएको जानकारी दिनुभयो ।
ुसभापतिजीले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाउनुभएको छ । हाम्रो पार्टीको आन्तरिक विषयहरुमाथि छलफलका लागि बैठक बोलाइएको हो, महतले भन्नुभयो अरु राजनीतिक विषयहरुमा पनि छलफल होला ।
सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर भेटघाट गर्नु भएको थियो ।

उक्त छलफल कुनै राजनीतिक फेरबदलका लागि हो कि भन्ने आशंका भइरहेका बेला कांग्रेसको पदाधिकारी बैठक बस्ने लागेको हो ।