अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्कली भुटानी शरणार्थी प्रकरण

बेचन झालाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

बेचन झालाई ७ दिन थुनामा राख्न अदालतको अनुमति


काठमाडौं-नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। अदालतले आइतबार झालाई  ७ दिन थुनामा राख्न अनुमति दिएका हो।

शुक्रवार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पेस गरिएको थियो । पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। 

झाबारे जिल्ला प्रहरी कार्यालय काठमाडौँले दोस्रो चरणको अनुसन्धान गरिरहेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै फरार झाको संलग्नता भने धेरै पछि खुलेको थियो। छानबिनका क्रममा उनको नाममा हिमालय बैंकको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको खुलेको थियो।