अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यथास्थितिमा देश अगाडि जान सक्ने अवस्थामा छैन: अध्यक्ष ओली

यथास्थितिमा देश अगाडि जान सक्ने अवस्थामा छैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताउनु भएको छ।

आइतबार समृद्धीको आधार: सम्मानित किसान र कृषिमा रुपान्तरण नीति सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँ यस्तो बताउनु भएको हो। अध्यक्ष ओलीले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा छैन। कसैले जिद्दि गर्नु हुँदैन। अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता हो।’

उहाँले अहिलेको आवश्यकता उद्यमशीलता र व्यवसायिकता भएको उल्लेख गर्नुभयो। अध्यक्ष ओलीले उद्यमशिलता र व्यवसायिकताले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्ने बताउनु भयो।

गरिबीबाट माथि उठ्न मसिनो चामल नभइ आफ्नै देशमा मोटो चामलको भएपनि उत्पादन बढाउनुपर्ने ओलीको भनाई छ।

अध्यक्ष ओलीले पहाडमा उत्पादन हुने उत्पादनले जीविका चल्न छोडेपछि गाउँ अहिले उजाड बनेको बताउनु भयो। उहाँले नेपालको अहिलेको सबैभन्दा ठूलो चुनौति निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्याालाई खान लगाउन पाउने अवस्थामा पुर्याउनु चुनौति रहेको बताउनु भयो।

गरिबीसँगै बेरोजगारी बढ्दै जाने अध्यक्ष ओलीले चिन्ता जाहेर गर्नुभयो।

अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सानातिना नियुक्तिहरूमा नअल्झिन र परिस्थितिलाई विचार गरेर अघि बढ्न आग्रह गरेको पनि बताउनु भयो ।