अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नागरिक उन्मुक्तिको दलको नेताबाट रञ्जितालाई हटाइयो

नागरिक उन्मुक्तिको दलको नेताबाट रञ्जितालाई हटाइयो


काठमाडौं- नागरिक उन्मुक्ति पार्टी नाउपाका बहुमत सांसदले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाएका छन्।

दलको आइतबार बसेको बैठकले रञ्जितालाई दल नेताबाट हटाउने निर्णय गरेको हो। सोमबार १० बजे त्यसको जानकारी संसद् सचिवालयलाई गराउने तयारी रहेको एक सांसदले बताए।

रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन्। रञ्जिताले भने हस्ताक्षर गरेकी छैनन्।

त्यस्तै बैठकले गंगाराम चौधरीलाई दल नेता बनाउने निर्णय गरेको छ। त्यस्तै लालवीर चौधरीलाई प्रमुख सचेतक बनाउने निर्णय पनि गरेको छ। लालवीर नाउपाका संरक्षक रेशम चौधरीका बुबा हुन्। यसअघि गंगाराम प्रमुख सचेतक हुनु भएको थियो।