अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

तीन घण्टा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर बालुवाटारबाट बाहिरिनुभयो अध्यक्ष ओली

तीन घण्टा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर बालुवाटारबाट बाहिरिनुभयो अध्यक्ष ओली


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग तीन घण्टा छलफल गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिनु भएको छ।

आज बिहान साढे ९ बजेदेखि प्रधानमन्त्री प्रचण्डसँग अध्यक्ष ओली तीन घण्टा छलफल गरेर बालुवाटारबाट निस्किनु भएको हो।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, बीचमा केहीबेर बैठक रोकिएको थियो। पूर्वाञ्चल विश्वविद्यालय परिषद्को बैठकमा प्रधानमन्त्री सहभागी हुनुपर्ने भएपछि रोकिएको बैठक पुनः केहीबेर चलेको थियो।

उहँहरूबीचको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ।

यसअघि गत शनिबार दिउँसो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अध्यक्ष ओलीले लगभग तीन घण्टा छलफल गर्नुभएको थियो ।