अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली र सभापति देउवाबीच भेट हुनासाथ सत्ता समीकरण परिवर्तन हुँदैन: माधव सापकोटा

अध्यक्ष ओली र सभापति देउवाबीच भेट हुनासाथ सत्ता समीकरण परिवर्तन हुँदैन: माधव सापकोटा


काठमाडौँ-नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट हुनासाथ सत्ता समीकरण नफेरिने बताउनु भएको छ।

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले एमालेका अध्यक्ष ओली र कांग्रेसका सभापति देउवाबीच भेट हुनासाथ सत्ता समीकरण उलटफेर नहुने बताउनु भएको हो।

उहाँले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूका बीचमा संवाद हुनासाथ सत्ता गठबन्धन परिवर्तन नहुने बताउनु भयो। उहाँले नेताहरू भेट हुनासाथ सत्ता समीकरण बदलिने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने बताउनु भयो ।