अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रिय परिचयपत्र बनाउन छुटे पनि नागरिकले पाउने सुविधाबाट वञ्चित गरिँदैन: गृहमन्त्री लामिछाने

राष्ट्रिय परिचयपत्र बनाउन छुटे पनि नागरिकले पाउने सुविधाबाट वञ्चित गरिँदैन: गृहमन्त्री लामिछाने


काठमाडौं-गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटे पनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताउनुभएको छ।

आज प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरुमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचय पत्र बनाउनका लागि समय दिइएको बताउनु भयो। उहाँले भदौ मसान्तसम्ममा पनि बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट वञ्चित नगरिने स्पष्ट पार्नुभयो।

गृहमन्त्री लामिछाने सूचना पाउनासाथ सबैजना बनाउने जाने गर्दा सम्बन्धित कार्यालयमा भीडभाड बढेको भन्दै हतार गर्नुपर्ने आवश्यकता नरहेको बताउनु भयो । उाँले भीडभाड भएका स्थानमा अतिरिक्त जनशक्ति थप गरिएको पनि बताउनुभयो ।

गृहमन्त्री लामिछानेले अशक्त, बिरामी, ९० वर्ष माथिका वृद्धवृद्धा र बालबालिकाहरुका लागि विशेष व्यवस्था गरिने पनि बताउनु भयो।